Vision, Mission, Goal and Objectives of SEWA Nepal.

Share This:

 परिकल्पनाः 

“महिला उद्यमी सहकारी संस्थाहरु एकबद्धता भई शशक्त महिलाहरुको नेतृत्वमा महिला उद्यमी व्यवसाय, उद्योग सहकारी विश्व विद्यालय तथा उद्यमी बैंक स्थापना गर्ने” । 

ध्येयः 

महिला उद्यमीहरुको सामाजिक र आर्थिक सशक्तिकरण गर्दै  सामाजिक पूँजीको निर्माण, वित्तिय पहुँच, उत्पादन र बजारिकरणमा सहजीकरण, क्षमता अभिवृद्धि र विभिन्न सरोकारवालाहरुसंग समन्वय, सहकार्य र पैरवीमार्फत समुन्नत समाजको निर्माण गर्ने । 

लक्ष्यः 

१० वर्ष भित्रमाः 

१)     १५ लाख सदस्य सहितको १००० महिला उद्यमी सहकारी सेवा नेपालमा आवद्ध गर्ने । 

२)     सुलभ ऋण र बिमा सेवाको लागि कम्तिमा २० अर्र्बको पूँजी सहितको एउटा महिला उद्यमी बैंकको स्थापना गर्न सहजीकरण गर्ने । 

३)     महिला उद्यमीको नेतृत्वमा एउटा उद्यमी विश्व विद्यालय स्थापना गर्ने । 

४)     मुख्य शहरी क्षेत्रमा ७ वटा कृषि जन्य बस्तुहरुको थोक संकलन तथा विक्री केन्द्र र ५ वटा कृषिमा आधारित उद्योग स्थापना गरी संचालनमा ल्याउन सहजीकरण गर्ने । 

५)     सामाजिक, आर्थिक, राजनीतिक लगाएत सबै संस्थाहरुमा उद्यमी महिलाको नेतृत्व १०० प्रतिशतले बृद्धि गर्ने । 

६)     सामाजिक पूँजीको उल्लेखनिय बृद्धि हुनेछ । 

संस्थाको उदेश्यहरुः     

१)     कृषि र पशुपालन व्यवसायमा संलग्न सामाजिक उद्यमीहरुको समुदाय, समूह, संगठन र सञ्जालको संस्थागत विकास तथा नेतृत्व विकास गर्ने । 

२)     लक्षित वर्गमा सामाजिक उद्यमशीलता, सुशासन र प्राविधिक  तथा वित्तिय क्षमता अभिवृद्धि गर्दै जिविकोपार्जनमा सुधार गर्ने 

३)     लक्षित वर्ग मैत्री नीति, नियम, योजना, कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा स्थानीय, प्रदेश तथा संघीयस्तरमा पैरवी गर्ने । 

४)     सहकारी मार्फत कृषि तथा पशुउपजको उपभोक्ता मैत्री गुणस्तरीय उत्पादन, प्रशोधन तथा बजारीकरणका लागि सहजीकरण गर्ने । 

५)     महिला सशक्तिकरण तथा सामाजिक पूँजि निर्माण गर्ने । 

६)     शिक्षा, स्वास्थ्य, पोषण, बिमा, वित्तिय सेवा लगायतका अन्य आधारभूत सेवामा सहजीकरण गर्ने । 

७)     सामाजिक उद्यमी सहकारी मार्फत जियो कृषि सेवा (डिजिटल प्लेटफर्म) प्रदान गर्ने । 

८)     सहयोगी तथा सरोकारवाला निकायहरुबाट उपलब्ध हुने सेवा, सुविधा र सहयोगमा लक्षित वर्गको पहुँच पुर्रयाउन सहजीकरण गर्ने । 

९)     महिला उधमी सहकारीहरुको पहलमा उद्यमी बैक तथा उद्यमी विश्वविद्यालय संचालन गर्न सहजीकरण गर्ने । 

१०)   सामाजिक महिला उधमी सहकारीहरुको केन्द्रीय संघ निर्माणको लागी सहजीकरण गर्ने ।